वेष्टइन्डिजसँग ‘वार्म अप’ खेल खेल्दै नेपाली युवा टोली

बकैया दर्पण संवाददाता
२ माघ २०८०, मंगलवार ०९:२५

मकवानपुर । वेष्टइन्डिजसँग ‘वार्म अप’ खेल खेल्दै नेपाली युवा टोलीआईसीसी यू-१९ विश्वकपअन्तर्गत ‘वार्म अप’ खेलमा आज (मंगलबार) नेपाल र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा हुनेछ ।नेपालले शनिबारको वार्म अप खेलमा स्कटल्यान्डलाई डकवर्थ लुईस पद्धतिमा सात विकेटले पराजित गरेको थियो ।

नेपालले त्यसअघिका दुई अभ्यास खेलमा स्कटल्यान्ड र नामिबियालाई हराएको गरेको थियो ।

यसैगरी आज नै आयरल्यान्ड र नामिबिया, अमेरिका र जिम्बाव्वे र दक्षिण अफ्रिका र अफगानिस्तानबीच खेल हुनेछ । सबै खेल नेपाली समयअनुसार पौने दुई बजे शुरू हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*