आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस

बकैया दर्पण संवाददाता
२ माघ २०८०, मंगलवार ०६:२२

बकैया :राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते मनाइन्छ ।

विसं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजे नेपालको अधिकाङ्स भागमा प्रलयदूत महाभूकम्प गएको थियो।

त्यस दिन सूर्य, चन्द्र, मङ्गल, बुध, शनि, राहु र शुक्र समेत मकरराशिमा सातओटा ग्रह एकै रेखामा परि गोलयोग परेको कुरा पहिले नै ज्योतिषीहरूले उत्पातको भविष्य भनेका थिए।

यस भूकम्पमा अधिराज्यभरिको अनुमानित क्षति तीन लाख अठ्ठासी हजार घर भत्की क्षतिग्रस्त ,१६८७५ जनाको मृत्यु र ३३१९ जना गम्भीर रूपमा घाइते भए ।

पशुपन्छी के कति भए त्यसको लेखाजोखा सम्भव भएन । प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा , निर्व्याजी ॠण सुबिधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए ।

यसबाट काठमाडौ उपत्यकामा आधुनिक किसिमबाट पुननिर्माण भयो । उनले भूकम्पको स्थितिबाट पार पाउन मुलुकीखानाबाट ५० लाखको चादी लिइ डेढ करोड बराबरका मुद्रा गराएका थिए । यसले गर्दा देशमा मुद्रास्फीति चर्केको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*