सेमिफाइनलको अन्तिमखेल आज : बकैया ३ र ९ भिड्दै

बकैया दर्पण संवाददाता
२८ पुष २०८०, शनिबार ०७:४३

बकैया । जारी पाँचौं बकैया कप २०८०को अन्तिम सेमिफाइनल खेलमा बकैया-३ र ९आज दिउसो २ बजे भिड्ने भएकोछ।त्यस्तै आज पालिकाभरिका कर्मचारी र पालिका भरिकै जनप्रतिनिधिको मैत्रीपूर्ण रोमान्चक खेल दिउँसो १ बजे हुने बकैया खेलकुद बिकास समितिले बकैया दर्पणलाई जानकारी गराएको छ ।

हिजो भएको खेलमा बकैया–५ र बकैया–४ बीचको खेल निर्धारित समयमा ०–० गोलको बराबरीमा सकिएको थियो । खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट (ट्राइब्रेकर)मा बकैया–५ ले ४ लाई ४–३ गोल अन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच बकैया–५ का सुजन बल भए।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*