पाँचौं बकैया कप फुटबल प्रतियोगितामा बकैय-५ फाइनलमा प्रवेश

बकैया दर्पण संवाददाता
२७ पुष २०८०, शुक्रबार १९:०४

पाँचौं बकैया कप फुटबल प्रतियोगितामा बकैय-५ फाइनलमा प्रवेश गरेका छन् ।

बकैया गाउँपालिका वडा न ३ स्थित बकैया रंगशाला भएको दोस्रो सेमिफाइनल खेलमा बकैया-५ विजयी भएको हो ।

बकैया–५ र बकैया–४ बीचको खेल निर्धारित समयमा ०–० गोलको बराबरीमा सकिएको थियो । खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट (ट्राइब्रेकर)मा बकैया–५ ४–३ ले विजयी भएको हो । खेलको म्यान अफ द म्याच बकैया–५ का सुजन बल घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।यस्तै,प्रतियोगिताको सबैखेल बकैया दर्पन फेसबुक पेज  बाट प्रत्यक्ष प्रशारण हुने बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*