पाँचौ बकैया कप :वडा नम्बर ९र११ विजयी

बकैया दर्पण संवाददाता
२७ पुष २०८०, शुक्रबार ०५:३४

पाँचौं बकैया कप फुटबल प्रतियोगितामा हिजो दुई खेल भएको छ ।

प्रतियोगितामा बकैया-९र बकैया- ११ले विजयी सुरुवात गरेका हुन् । बकैया गाउँपालिका वडा न ३ स्थित बकैया रंगशाला भएको पहिलो खेलमा बकैया-९विजयी भएको हो ।

बकैया–८र बकैया–९ बीचको खेल निर्धारित समयमा ०–० गोलको बराबरीमा सकिएको थियो । खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट (ट्राइब्रेकर)मा बकैया–९ ४–३ ले विजयी भएको हो । खेलको म्यान अफ द म्याच बकैया–९ का आरुश तामाङ घोषित भएका छन् ।यस्तै आजै भएको दोस्रो खेलमा बकैया-५ विजयी भएको छ । बकैया-११ ले बकैया-१२लाई २ -१ गोलको अन्तरले पराजित गरेको हो । तेस्तै आज हुने क्वाटर फाईनल खेलमा पहिलो खेल बकैया वडा नम्बर ४र ५ दिउँसो १ बजे र १र १० दिउँसो २ बजे भिड्ने छन।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।यस्तै,प्रतियोगिताको सबैखेल हेटौँडा स्पोर्टस् बाट प्रत्यक्ष प्रशारण हुने बकिया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*