पाँचौं बकैया कप : बकैया-१ र बकैया-५ विजयी

बकैया दर्पण संवाददाता
२५ पुष २०८०, बुधबार १७:०१

पाँचौं बकैया कप फुटबल प्रतियोगितामा आज दुई खेल भएको छ ।

प्रतियोगितामा बकैया-१ र बकैया-५ ले विजयी सुरुवात गरेका हुन् । बकैया गाउँपालिका वडा न ३ स्थित बकैया रंगशाला भएको पहिलो खेलमा बकैया-१ विजयी भएको हो ।

बकैया–१ र बकैया–२ बीचको खेल निर्धारित समयमा ०–० गोलको बराबरीमा सकिएको थियो । खेल बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट (ट्राइब्रेकर)मा बकैया–१ ४–३ ले विजयी भएको हो । खेलको म्यान अफ द म्याच बकैया–१ का आशिष बल घोषित भएका छन् ।

यस्तै आजै भएको दोस्रो खेलमा बकैया-५ विजयी भएको छ । बकैया-५ ले बकैया-७ लाई १ -० गोलको अन्तरले पराजित गरेको हो । बकैया-५ को लागि गोपाल मगरले १ गोल गरे ।खेलको म्यान अफ द म्याच बकैया–५ का नबराज तामाङ घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।यस्तै,प्रतियोगिताको सबैखेल हेटौँडा स्पोर्टस् बाट प्रत्यक्ष प्रशारण हुने बकिया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*