खेलाडी र क्लबलाई प्रतिबन्ध

बकैया दर्पण संवाददाता
२६ मंसिर २०८०, मंगलवार १८:०२

मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघले रेफ्रीमाथि हातपात र अभद्र व्यवहार गर्ने खेलाडी र क्लबलाई तीन वर्षसम्मको प्रतिबन्धको निर्णय गरेको छ ।

सोमबार जिल्ला लिग क्वालिफाइ फुटबल प्रतियोगितामा पञ्चसिल र दि रिभाइबल क्लबबीचको खेलमा रेफ्रीमाथि हातपात सहित अभद्र व्यहार गरिएको भन्दै जिल्ला फुटबल संघले दि रिभाइबल क्लब, गोल रक्षक, कप्तान, खेलाडी र टिम म्यानेजरलाई ३ वर्षसम्मको प्रतिबन्धको निर्णय गरेको हो ।

म्याच सकिएर रेफ्री ग्राउन्ड बाहिर निस्कदा दि रिभाइबल क्लबका खेलाडी, अफिसियल सहित टिम मेनेजरले रेफ्रीमाथि हातपात, अभद्र व्यवहार गरेको जिल्ला फुटबल संघले जनाएको छ ।

संघको मंगलबार बिहान बसेको बैठकले दि रिभाईबल क्लबलाई ३ वर्षको प्रतिबन्ध लगाउने, क्लबका गोलरक्षक तथा कप्तान अनिल लोप्चनलाई २ बर्षको प्रतिबन्ध गर्ने, खेलाडी सुनिल खड्कीलाई ३ वर्षको प्रतिबन्ध लगाउने र क्लबका टम म्यानेजर कृष्ण बहादुर ठकुरीलाई ३ वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यस्तै घटनामा संलग्न रहेको भन्दै क्लबका अध्यक्ष ओम गुरुङ कृष्णलाई समेत एक वर्षको प्रतिबन्धको निर्णय गरिएको छ ।

प्रतिबन्धमा परेको खेलाडी तथा अफिसियल एन्फाद्धारा आयोजित फुटबल प्रतियोगिता र एन्फा रेफ्री आबद्ध प्रतियोगितामा सहभागी हुन नपाईने गरि प्रतिबन्ध गरिएको जिल्ला अध्यक्ष टिकाराम लामाले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*