७४ किलो गाँजासहित ५ जना पक्राउ

बकैया दर्पण संवाददाता
२५ मंसिर २०८०, सोमबार १७:३८

मकवानपुर । मकवानपुर र पाल्पाबाट ७४ किलो गाँजासहित ५ जना पक्राउ परेका छन् । मकवापुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ७३ किलोग्राम र पाल्पाबाट १ किलोग्राम गरी जम्मा ७४ किलोग्राम गाँजासहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये भारत मोतिहारी बस्ने २४ वर्षीय भुषनकुमार र १५ वर्षीय किशोर रहेका छन् । डिएल ४३ एनबी ५९९४ नम्बरको भारतीय गाडीमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब ४७ केजी गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चुरियामाई मन्दिर नजिकबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर नगरपालिका-२७ बस्ने ४२ वर्षीय रोशन दमाई र खैरहनी नगरपालिका-१६ बस्ने ५२ वर्षीय डियन महतो रहेका छन् । बा १४ प ३७०८ नम्बरको कारमा सवार उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले करिब २६ केजी गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ७ जोगदमारबाट पनि एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका-९ बस्ने २२ वर्षीय दिपक सुनार रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट बेलबासबाट खटिएको प्रहरीले करिब १ केजी गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*