राष्ट्रियसभामा सत्ता गठबन्धनबीच भागवण्डाको खाका तयार, कुन दललाई कति सिट ?

बकैया दर्पण संवाददाता
२० मंसिर २०८०, बुधबार १७:५१

सत्ता गठनबन्धनले राष्ट्रियसभाको निर्वाचनका लागि सिट संख्याको भागवण्डामा आन्तरिक रुपमा सहमति जुटाएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले भागवण्डा गरेर उम्मेदवार उठाउने तयारी भइरहेको माओवादीका केन्द्रीय सदस्य तथा कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

उनले भने, ‘सत्ता गठबन्धनमा राष्ट्रियसभाको निर्वाचन गठबन्धन गरेर लड्नेमा पक्कापक्कीजस्तै भएको छ । दलका नेताहरू बसेर औपचारिक रूप दिन बाँकी छ ।’

राष्ट्रियसभाका २० सिट खाली हुँदै छन् । तीमध्ये एक सिट राष्ट्रपतिबाट मनोनीत हो भने बाँकी १९ सिटका लागि चुनाव हुनेछ । चुनाव हुने १९ सिटमा सत्ता गठबन्धनमा सहमति भएको हो। सहमतिअनुसार कांग्रेस ९, माओवादी ६, नेकपा एकीकृत समाजवादी ३ र जनता समाजवादी पार्टीले १ सिट पाउने तय भएको माओवादी स्रोतले बतायो । स्रोतले भन्यो, ‘सिट बाँडफाँटमा पनि मोटामोटी सहमति भएको देखिन्छ । यसलाई अहिले नै औपचारिकता नदिएको हो । निर्वाचन आउन अझै एक महिना बाँकी छ । त्यही भएर दलहरू पनि औपचारिक छलफलमा नबसेका हुन् । तर, सहमति भएको छ ।’

राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ । कांग्रेस र माओवादीले आफ्ना पदावधि सकिएका सांसद संख्या र त्यसमा थप सांसदका उम्मेदवार पाउने निश्चित भएको बताइन्छ । कांग्रेसबाट ४ सांसदको समयावधि सकिँदै छ । आउँदो निर्वाचनमा उसको भागमा ९ जना पर्ने पक्का पक्की भएको देखिन्छ । माओवादीका ३ सांसदको पदावधि सकिँदै गर्दा त्यहाँ ६ जना उम्मेदवार पाउने पक्कापक्कीजस्तै बनेको छ । नेकपा एसका २ जना पदावधि सकिएर जाँदै छन् भने त्यसको ठाउँमा अब ३ जना उम्मेदवार बन्नेछन् । जसपाका १ जनाको पदावधि सकिँदा उसले १ जना नै उम्मेदवार पाउने देखिन्छ ।

माओवादीले दोहोऱ्याएर सांसद नबनाउने

माओवादी केन्द्रले सांसदमा अवसर पाएकालाई नदोहोऱ्याउने भएको छ । माओवादीमा अवसर पाउनेले सधैं अवसर पाउने गरेको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको छ । अझ नेताका आफन्त र ठूला नेताहरू मात्र लाभको पदमा जाने गरेको भन्दै नेता कार्यकर्ताहरूले आलोचना गर्दै आएका छन् । योपटक भने माओवादीको भागमा परेका राष्ट्रियसभाका ६ सिटमा नयाँ व्यक्ति ल्याउने तयारी गरिएको छ ।

नयाँ अनुहार राष्ट्रियसभामा ल्याउने तयारी गरेपछि पटक पटक

अवसर पाउँदै आएका र अहिले पनि अवसरका लागि दौडदुप सुरु

गरिरहेकाहरूको बाटो बन्द भएको बालुवाटार स्रोतले बतायो । नग

अनुहार कोको हुने भन्नेबारेमा भने अहिलेसम्म कुनै छलफल नभ

बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*