अघोषित ‘मिल्क होलिडे’ले मकवानपुरका किसान मर्कामा

बकैया । हेटौंडा दुग्ध वितरण आयोजना र मकवानपुरका निजी क्षेत्रका डेरी उद्योगहरूले अघोषित ‘मिल्क होलिडे’ गरेपछि जिल्लाका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरले दुध वितरण आयोजनासँगै निजी डेरी उद्योगहरूले दूध खरिद नगरिदिँदा समस्या परेको बताए ।
जिल्लामा प्रतिदिन ६० हजार लिटर दूध उत्पादन भए पनि ४० हजार लिटर मात्रै खपत हुने गरेको छ । अहिले दैनिक २० हजार लिटर दूध दैनिक खेर गइरहेको छ ।’ विभिन्न बहानामा उद्योगहरूले सातामा दुई दिन अघोषित ‘मिल्क होलिडे’ गरि रहेको छ ।
दुग्ध उत्पादक सहकारी संस्थाले जिल्लाका विभिन्न ६१ दुग्ध सहकारीमार्फत दैनिक ६० हजार लिटर दूध खरिद गरेर बिक्री गर्ने गरेको छ । त्यसमध्ये २० हजार लिटर जिल्लाभित्रै र बाँकी २० हजार लिटर दूध ललितपुर, भक्तपुर र काभ्रेमा खपत हुने गरेको छ ।