तीन महिनामा १७ सय ९४ जनाले गरे आत्महत्या

बकैया दर्पण संवाददाता
११ मंसिर २०८०, सोमबार १९:०३

मकवानपुर  / नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ । चालु आर्थिक बर्षको तीन महिना (साउनदेखि असोजसम्म)मा मात्रै १ हजार ७ सय ९४ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएको देखिएको छ । ३ महिनामा मात्रै १ हजार ५ सय ४४ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् । यसरी आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष ८ सय ४८, महिला ४ सय ८८, बालिका १ सय ४० र बालक ६८ जना छन् ।

सो अबधिमा बिष खाएर आत्महत्या गर्नेको संख्या २ सय १८ छ भने १६ जनाले हाम फालेर र ८ जनाले डुबेर आत्महत्या गरेका छन् । यस्तै यसै अवधिमा ५ जनाले आफुलाई आगो लगाएर आत्महत्या गर्दा ३ जनाले हातहतियार प्रयोग गरेर आत्महत्या गरेका छन् ।

atmahatya.JPG

कुन आर्थिक बर्षमा कतिले गरे आत्माहत्या ? 

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९/८० मा ६ हजार ९ सय ९३ जनाले आत्माहत्या गरेका थिए । यो पछिल्लो १० बर्षमा सबैभन्दा बढी हो ।

यस्तै, २०७८/८९ मा ६ हजार ८ सय ३० जनाले आत्माहत्या गरेका छन् भने आर्थिक बर्ष २०७७÷७८ मा ७ हजार १ सय ४१ जनाले आत्माहत्या गरेको तथ्याङ्क छ ।

यता, आर्थिक बर्ष २०७६/७७ मा ६ हजार २ सय ७९ जनाले, आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ७ सय ८७ जनाले, आर्थिक बर्ष २०७४/७५ मा ५ हजार ३ सय १७ जनाले र आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए ।

प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत ८ बर्षमा करिब ४० हजार जना भन्दा बढिले आत्माहत्याबाट ज्यान गुमाएका छन् ।  वार्षिक रुपमा केही तथ्यांकीय उतारचढाव आएता पनि समग्रमा आत्महत्या दर उच्च नै रहेको छ ।

रोकथामका उपाय

– अत्यन्तै दुःखी, चिन्तित र पीडित बनाएको र ऊ तपाईँका लागि महत्वपूर्ण व्यक्ति हो भन्ने महसुस गराउनुस् ।

– मानसिक समस्याका बिरामीलाई चिकित्सकसँग र्पुयाउनुस् ।

– सामान्यतया मानसिक समस्याका लक्षण देखिनासाथ बिरामीलाई उचित मानसिक परामर्श र उपचार गर्नुस् ।

– मानसिक विचलन जो सुकैलाई पनि हुन सक्छ। उनीहरूको कुरा सुनौं । यो सामान्य हो भन्दै उपेक्षा नगरौं।

– राज्यले मानसिक स्वास्थका लागि व्यापक जनचेतना फैलाउनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*