उपमेयर कप महिला तथा पुरुष भलिबल हुने

बकैया दर्पण संवाददाता
१० मंसिर २०८०, आईतवार १०:२३

हेटौँडाः यही मंसिर १४ गतेदेखि १७ गतेसम्म छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको आयोजना, मकवानपुर जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा–१९, नेवारपानीमा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र सान्त्वना हुनेले १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*