सहिद स्मृति अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधी बागमती गाउँपालिकालाई

बकैया दर्पण संवाददाता
९ मंसिर २०८०, शनिबार १७:३९

बकैया ९ मङ्सिर । अखिल नेपाल खेलकुद महासंघको आयोजनामा संचालित अन्तर पालिका स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिताको विजेता बागमती गाउपालिका हात पारेको  छ ।

सहिद स्मृति शान्ति वाटिका र अखिल नेपाल खेलकुद महासंघ बकैयाको संयुक्त आयोजनामा २०८०/०७/२१ गते देखि २५ गते सम्म सञ्चालन भएको अन्तरपालिका स्तरिय पुरुष नकआउट फुटवल प्रतियोगिताको फाईनल खेल २०८०/०७/२५ गते बागमति गाउँपालिकाको र मनहरि गाउँपालिका बिच फाइनल खेल भएको थियो ।

उक्त फाईनल खेल हुँदै गर्दा गोल हान्ने क्रममा विवाद भए पछि खेल गत कार्तिक २५ गते स्थगित भएको थियो।सो स्थगित खेल आज मङ्सिर ९ गते दिउसो १:०० बजे पुनः बागमती गाउपालिका र मनहरी गाउँपालिका बिच बराबरीमा पूरा समय खेलाउने गरि आयोजक कमिटिले निर्णय गरेको थियो ।

सोहि अनुसार आज भएको खेलमा निर्धारित समयमा खेल बराबरीमा सकिएपछी खेल ट्राईब्रेकरमा प्रवेश गरेको हो ।ट्राईब्रेकरमा मनहरी गाउँपालिकाले ३ गोल गरेको थियो भने बागमती गाउँपालिकाले ४ गोल गर्दै बागमती गाउँपालिका बिजेता भएको थियो भने मनहरी गाउँपालिका उपविजेतामा चित्त बुझाएको हो ।

उक्त खेलमा बिजेताले १ लाख सहित मेडल प्रमाणपत्र,ट्रफी हात पारेको थियो भने उप-बिजेताले ५० हजार नगद सहित  मेडल ट्रफी प्रमाणपत्रमै चित्त बुझाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*