सिन्धुलीको बिपी राजमार्गमा सुरक्षा कडाइ

बकैया दर्पण संवाददाता
७ मंसिर २०८०, बिहीबार १०:२४

मकवानपुर। सिन्धुलीको बिपी राजमार्गमा सञ्चालन हुने सवारीका साधनहरुलाई सुरक्षा कडाइ गरिएको छ ।

बिहीबार मंसिर ७ गते राजधानी काठमाण्डौमा हुने अभियन्ता दुर्गा प्रसाइँ समुहकोे विरोध कार्यक्रमलाई लक्षित गरी सिन्धुलीको बिपी राजमार्गमा सञ्चालन हुने सवारीका साधनहरुलाई सुरक्षा कडाइ गरिएको हो ।

जिल्लास्थित सुरक्षा निकायले बुधबार र आज विहानैदेखि जनपथ र सशस्त्र प्रहरी परिचालन गरेर बिपी राजमार्गको भिमान, सिन्धुलीमाडी, खनियाखर्क, खुर्कोटलगायतका स्थानहरुमा यातायातका साधनहरुलाई सुरक्षा निगरानी गरिरहेको छ ।

गृह मन्त्रालयको आदेश अनुसार बिपी राजमार्ग हुँदै राजधानी काठमाण्डौ भित्रिने सार्वजनिक तथा निजी सवारीका साधनहरुलाई जनपथ र सशस्त्र प्रहरी परिचालन गरेर सडकमा रोक्ने र सोधपुछ गर्ने जस्ता कार्य भइरहेको छ ।

सवारीका साधनहरुलाई ठाउँठाउँमा रोकेर चेकजाँच गर्दा सास्ती भएको यात्रुहरुले बताएका छन् ।

बिपी राजमार्गमा विगतको तुलनामा राजधानी भित्रिने सार्वजनिक र निजि सवारीका साधनहरुको चाप समेत बढेको र यात्रुहरुको संख्या पनि बढेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।

मंसिर ६ र ७ गते बिहानसम्म सिन्धुलीको बिपी राजमार्गबबाट एघार हजार ८ सय ५४ वटा साना ठुला सवारीका साधनहरु राजधानी काठमाण्डौ तर्फ लागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*