दोस्रो बकैया गाउँपालिका स्तरीय भलिबलको प्रतियोगिताको उपाधी वडा नं ४ लाई

बकैया दर्पण संवाददाता
३ मंसिर २०८०, आईतवार १९:५१

बकैया ३ मंसिर ।जारी दोस्रो बकैया गाउँपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ४ ले आफ्नो पोल्टामा पारेको हो ।

बकैया खेलकुद बिकास समितिको आयोजनामा दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनल खेल वडा नं ४ र वडा नं ८ भिडेका थिए। वडा नं ४ ले २१-२५,२५-१८,२५-१४ र २५-१८ मा वडा नं ८ लाई पराजित गर्दै वडा नं ४ ले उपाधी हासिल गरेको हो ।

उक्त खेलमा उप-बिजेता बीस हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएका थियो भने बिजेताले पचास हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

तेस्तै बिधा गत पुरस्कारमा म्यान अफ द म्याच वडा नम्बर ४ का जर्सी नम्बर १० का राजकुमार राई भएका थिए भने बेस्ट कोचमा बकैया ४ का प्रकाश थापा मगरलाई ट्रफी सहित नगद तेह्र सय चालीस,राईजिङ स्टार बकैया ८ का पुर्ण भोम्जन ट्रफी सहित नगत दुईहजार,बेस्ट स्पाईकर बकैया ४ राजकुमार राई ट्रफी नगद दुईहजार र बेस्ट प्लेअर बकैया ८ का जर्सी नम्बर ७ का छिरिङ लोप्चनले ट्रफी नगद तिनहजार पाएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*