दोस्रो बकैया गाउँपालिका पुरुष भलिबल प्रतियोगिताको फाईनलमा बकैया गाउँपालिका वडा नम्बर ४र ८ भिड्ने

बकैया २ मंसिर ।जारी दोस्रो बकैया गाउँपालिका पुरुष भलिबल प्रतियोगिताको फाईनलमा बकैया गाउँपालिका वडा नम्बर ४र ८ भिड्ने भएको छ ।
बकैया खेलकुद बिकास समितिको आयोजनामा जारी दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको अज भएको लिग चरणको बकैया वडा नं ५ र वडा नं ७ सङ भएको खेलमा वडा नं ७ ले १५-२५,२५-१४ र १५-१३ जित हासिल गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
तेस्तै आजै भएको क्वाटर फाईनल खेलमा वडा नं ५ र वडा नं ३ सङ भएको खेलमा वडा नं ३ले क्रमस २५-२१,२१-२५ र २५-२३ मा हराउदै वडा नं ३ सेमिफाइनल मा प्रवेश गरेको थियो ।
तेस्तै आजै भएको सेमिफाइनल खेलमा वडा नं ७ र ८ सङ भएको खेलमा वडा नम्बर ८ ले १५-२५,२५,१६र २५-१५ मा वडा नम्बर ७ लाई हराउँदै वडा नम्बर ८ फाईनल प्रवेश गरेको हो ।
तेस्तै आजै भएको दोस्रो सेमिफाइनल खेल वडा नम्बर ४र३ बिच भएको खेलमा वडा नम्बर ४ ले २५-१९,२५-१७ र २५-१५मा हराउँदै वडा नम्बर ८र ४ फाईनलमा प्रवेश गरेको हो ।
यहि मंसिर १ गते देखि ३ गते सम्म संचालित दोस्रो बकैया गाउँपालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा भोलि दिउँसो २:०० बजे बिजेता र उपबिजेताका लागि वडा नम्बर ४र८ आमुने सामुने भिड्नेछन् ।