दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु : वडा नम्बर ४ र वडा नम्बर ३ बिजय

बकैया दर्पण संवाददाता
१ मंसिर २०८०, शुक्रबार १९:३३

बकैया १ मङ्सिर । बकैया खेलकुद बिकास समितिको आयोजनामा दोस्रो बकैया गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको अज भएको उद्घाटन खेलमा वडा नम्बर-४ र वडा नम्बर-३ले बिजय सुरुवात गरेको छ।


आज भएको उद्घाटन खेलमा वडा नम्बर ४ र वडा नम्बर ८ सङ भएको थियो उक्त खेलमा वडा नम्बर ४ ले वडा नम्बर ८लाई क्रमस २०-२५,२५-१७ र १५-९ मा वडा नम्बर ४ ले वडा नम्बर ८ लाई हराउँदै जित हासिल गरेको थियो भने तेस्तै दोसो खेलमा वडा नम्बर ३ र वडा नम्बर ९ सङ भएको खेलमा वडा नम्बर ३ ले २५-१४ र २५-१२मा लगातार अगाडि बढाउदै सिधा सिधा सेट जित्न सफल भएको हो ।

भोलि पहिलो खेल वडा नम्बर ५ विरुद्ध वडा नम्बर ७ बिहान ७ बजे भिड्नेछन भने दोस्रो खेल वडा नम्बर १० विरुद्ध वडा नम्बर ६ बिहान ८ बजे भिड्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*