दोस्रो पालिका स्तरीय भलिबल प्रतियोगिता बकैयामा आज बाट सुरु

बकैया दर्पण संवाददाता
१ मंसिर २०८०, शुक्रबार ०७:५२

बकैया १ मङ्सिर । बकैया गाउँपालिकामा दोस्रो पालिका स्तरिय भलिबल प्रतियोगिता आज बाट सुरु हुने भएको हो।

बकैया खेलकुद बिकास समितीको आयोजना र बकैया गाउँपालिकाको समन्वयमा बकैया गाउँपालिका वडा नम्बर ३ को बुध्द्द माध्यमिक बिद्यालयको खेल मैदानमा आज दिउँसो १:०० बजे लिग चरणको खेल  हुने छ ।

उक्त भलिबल प्रतियोगितामा बकैया गाउँपालिकाको १२ वटा वडाको सहभागीता रहने छन आज हुने लिक चरनको खेललमा वडा नं ४ विरुद्ध वडा नं ८ दिउँसो १ बजे,वडा नं. ३ विरुद्ध वडा नं. ९दिउँसो २ बजे,वडा नं. ५ विरुद्ध वडा नं. ७ भोलि बिहान ७ बजे र वडा नं. १० विरुद्ध वडा नं ६ भोलि २ गते बिहान ८ बजे हुने बकैया गाउँ पालिका खेलकुद बिकास समितिका अध्यक्ष बिजय लामा (थिङ )ले बकैया दर्पणलाई जनाकरी दिनु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*