सहिद स्मृति फुटबल प्रतियोगिताको भोलि फाईनल: मनहरि गाउँपालिका र  बागमती गाउँपालिका भिड्ने

बकैया दर्पण संवाददाता
२४ कार्तिक २०८०, शुक्रबार २२:३८

मकवानपुर २३ कार्तिक ।सहिद स्मृति फुटबल प्रतियोगिताको फाईनलमा मनहरि गाउँपालिका र  बागमती गाउँपालिका फाईनलमा प्रवेश गरेको छ।

जारी सहिद स्मृति शान्ति बाटिका र अखिल नेपाल खेलकुद महासंघ, बकैयाको संयुक्त आयोजनामा सहिद स्मृति अन्तरपालिका स्तरिय खुल्ला नकआउट पुरुष फुटवल प्रतियोगिताको आज भएको खेल प्रदेश प्रहरि मकवानपुर विरुद्ध बागमती गाउँपालिका र बकैया गाउँपालिका विरुद्ध मनहरि गाउँपालिका बिच भएको थियो।

दिउँसो १:०० बजे भएको पहिलो बगमती गाउँपालिका र प्रदेश प्रहरी बिच भएको थियो। निर्धारित समयमा कुनैपनी गोल नभएपछी खेल ट्राईब्रेकरमा गएको थियो।

ट्राईब्रेकरमा बागमती गाउँपालिकाले ३ गोल गर्दै प्रदेश प्रहरी मकवानपुरलाई एक गोलमा हराउदै फाईनल प्रवेश गरेको थियो भने बकैया गाउँपालिका र मनहरी गाउँपालिका पनि निर्धारित समयमा कुनै गोल नभएपछी खेल ट्राईब्रेकरमा गएको थियो
ट्राई ब्रेकरमा मनहरी गाउँपालिकाले ४ गोल गर्दै बकैया गाउँपालिकालाई ३ गोलमा रोकेर मनहरी गाउँपालिका फाईनल प्रबेस गरेको हो ।

भोली हुने फाइनल खेल १:३० बजे मनहरी गाउँपालिका विरुद्ध बागमती गाउँपालिका बिच हुने बकैया ८ का वडा अध्यक्ष बिष्णु नेगि (बिश्वास) ज्युले बताउनु भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*