सहिद स्मृति फुटबल प्रतियोगिताको चौथो दिन :आयोजक टिम र मनहरी गा.पा. भिड्दै

बकैया दर्पण संवाददाता
२४ कार्तिक २०८०, शुक्रबार ०७:१७

मकवानपुर २३ कार्तिक ।सहिद स्मृति फुटबल प्रतियोगिताको चौथो दिन आयोजक टिम बकैया गाउँपालिका बिरुद्ध मनहरी गाउँपालिका आज दिउँसो १:०० भिड्नेछ।

जारी सहिद स्मृति शान्ति बाटिका र अखिल नेपाल खेलकुद महासंघ, बकैयाको संयुक्त आयोजनामा सहिद स्मृति अन्तरपालिका स्तरिय खुल्ला नकआउट पुरुष फुटवल प्रतियोगिताको हिजो भएको पहिलो खेल दिउँसो १:०० बजे  मनहरी गाउँपालिका विरुद्ध निजगढ नगरपालिका भिडेका थिए मनहरीले निर्धारित समयमा ४-० गोल गर्दै मनही गाउँपालिकाले जित हासिल गेरेको थियो।

तेस्तै दिउँसो ३:०० बजे भएको प्रहरी प्रदेश मकवानपुर विरुद्ध मरिण गाउँपालिका भिडेका थिए निर्धारित समयसम्ममा पनि कुनै गोल गर्न नसकिएपछी खेल ट्राईब्रेकरमा गएको हो ।

समय अभावका कारण अज मध्यन्न १२:०० ट्राईब्रेकर पस्चात उक्त खेलको  छिनोफानो हुनेछ ।

आज हुने पहिलो खेल १:०० आयोजक बकैया गाउँपालिका विरुद्ध मनहरी गाउँपालिका भिड्नेछन् तेस्तै ३:०० बजे बाग्मती गाउँपालिका विरुद्ध १२:०० ट्राईब्रेकरमा जित्ने टिम सङ भिड्ने बकैया गाउँपलिका  ८ का वडा अध्यक्ष बिष्णु नेगि (बिश्वास) ज्युले जानकारी दिनु भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*