बुद्ध माध्यमिक बिद्यालयद्वारा बुद्ध कप अन्तर पालिक बिद्यालय स्तर फुटबल प्रतियोगिता आजबाट सुरु

बकैया दर्पण संवाददाता
२३ कार्तिक २०८०, बिहीबार ११:३३

मकवानपुर । शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यस विद्यालयको बालमैत्री कक्षाकोठा व्यवस्थापन सहयोगार्थ 8A साइड “बुद्ध कप अन्तर विद्यालय फुटबल प्रतियोगिता आयोजना आज देखि सुरु हुन लागेको हो ।

शिक्षक तथा कर्मचारी, विव्यस र पिटिए पदाधिकारीहरूसहितको संयुक्त फुटबल प्रतियोगिता बुद्ध माध्यमिक बिद्यालयमा रहेको खेल मैदानमा हुनेछ ।

उक्त खेलमा प्रथम हुने विजेतालाई नगद रु.५०,०००।- ट्रफी, मेडल प्रमाण पत्र र द्वितीय हुने उपविजेताहुनेलाई नगद रु. ३०,०००।- ट्रफी, मेडल प्रमाण पत्र पाउनेछ । साथै उत्कृष्ठ खेलाडी नगद रु. ३,०००।– मेडल उत्कृष्ठ गोल किपर नगद रु. २,०००।– मेडल,सर्वाधिक गोलकर्ता नगद रु। २,०००।– मेडल र सहभागी टिमलाई सहभागी भएको प्रमाण पत्र तथा मायाको चिनो पाउने बिद्यालय ब्यबस्थापक समितिका अध्यक्ष तारा चन्द्र बजगाई(निसान)ले बताउनु भएको हो ।

उक्त फुटबल प्रतियोगिता २०८० कार्तिक २३ देखि २६ गतेसम्म संचालन हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*