सहिद स्मृति फुटबल प्रतियोगिताको तेस्रो दिन: आज दुई खेल हुने

बकैया दर्पण संवाददाता
२३ कार्तिक २०८०, बिहीबार ०८:२६

मकवानपुर २२ कार्तिक । जारी सहिद स्मृति शान्ति बाटिका र अखिल नेपाल खेलकुद महासंघ, बकैयाको संयुक्त आयोजनामा सहिद स्मृति अन्तरपालिका स्तरिय खुल्ला नकआउट पुरुष फुटवल प्रतियोगिताको हिजो भएको खेल हेटौंडा उप-महानगर मकवानपुर विरुद्ध प्रदेश प्रहरी कार्यालय मकवानपुर र बागमती गाउँपालिका विरुद्ध माझी उत्थान मकवानपुर बिच भएको थियो।

दिउँसो १:०० बजे भएको पहिलो खेल हेटौंडा उप-महानगर मकवानपुर र प्रदेश प्रहरी कार्यालय मकवानपुरको खेलमा १ गोल गर्दै प्रदेश प्रहरी मकवानपुरले जित हासिल गेरेको थियो तेस्तै दिउँसो ३:०० बजे भएको ,बाग्मती गाउँपालिका र माझी उत्थान मकवानपुरको खेलमा बागमती गाउँपालिकले २ गोल गर्दै जित हासिल गरेको हो ।

आज तेस्रो दिन भने मनहरी गाउँपालिका विरुद्ध निजगढ नगरपालिका बारा, दिउँसो १ बजे भिड्ने छन भने दिउँसो ३ बजे हुने खेलमा बगमती गाउँपालिका विरुद्ध मरिण गाउँपालिका भिड्ने बकैया ८ का वडा अध्यक्ष बिष्णु नेगि (बिश्वास) ज्युले बताउनु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*