अखिल नेपाल खेलकुद संघ बकैयाको जित सुरुवात

बकैया दर्पण संवाददाता
२१ कार्तिक २०८०, मंगलवार २३:४४

मकवानपुर । मकवानपुर बकैया गाउँपालिका अखिल नेपाल खेलकुद महासंघ तथा शहिद स्मृति शान्ति वाटीकाको संयुक्त समन्वयमा सहिद स्मृति अन्तरपालिका खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगितामा आज भएको उद्घाटन खेलम अखिल नेपाल खेलकुद संघ बकैयले जितको सुरुवात गरेको छ ।

प्रथम अन्तरपालिका खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता बकैया-४ जुरेलिमा रहेको खेल मैदानमा भएको थियो ।

पहिलो चरणको खेलमा १६ नम्बर जर्सीले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता कायम गरेको थियो भने दोस्रो हाफको खेलमा १० नम्बर  जर्सिका खेलाडिले १ गोल गर्दै २ गोलको अन्तरले


मकवानपुर गढी गाउँपाहिकालाई हराएका थिए।

प्रतियोगिता आगामी कार्तिक २५गते सम्म सन्चालन हुनेछ ।खेलमा प्रथम हुने टिमले रु. १,००,०००।- एक लाख ट्रफि, मेडल प्रमाण पत्र ,द्वितिय पुरस्कार रु. ५०,०००।- पचास हजार ट्रफि, मेडल र प्रमाण पत्र सर्वोत्कृष्ट खेलाडी रु. १०,०००।- दश हजार ट्रफि र मेडल विधागत उत्कृष्ट खेलाडी रु ५,०००।-पाँच हजार ट्रफि र मेडल र म्यान अफ द म्याच रु. २,०००।-दुइ हजार ट्रफि र मेडल पाउनेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*