शहिद स्मृति अन्तरपालिका स्तरिय खुल्ला नकआउट पुरुष फुटबल  प्रतियोगिता आजबाट सुरु

बकैया दर्पण संवाददाता
२१ कार्तिक २०८०, मंगलवार ०८:४४

मकवानपुर  २१ कात्तिक । शहिद स्मृति अन्तरपालिका स्तरिय खुल्ला नकआउट पुरुष फुटबल  प्रतियोगिता आजबाट सुरु हुने भएको हो।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली खेल मैदानमा हुने खेलको उद्घाटन सामाजिक बिकास मत्री कुमारी मोक्तान ज्युले  गर्ने छ ।

शहिद स्मृति अन्तरपालिका स्तरिय खुल्ला नकआउट पुरुष फुटबल  प्रतियोगिताको उद्घाटन  खेल मकवानपुर VS मकवानपुर गढी गाउँपालिका बीच प्रतिस्पर्धा हुनेछ ।

उक्त खेलमा जम्म ९ टिमको सहभागी छन सहभागीहरुमा वकैया गापा मकवानपुर-आयोजक ,मकवानपुर गढी गा०पा० मकवानपुर, मनहरी गा०पा० मकवानपुर, निजगढ नगरपालिका-बारा, माझी उत्थान संघ मकवानपुर,बाग्मती गापा मकवाना,प्रदेश प्रहरी कार्यालय मकवानपुर,हेटौडा उपमहानगरपालिका मकवानपुर र मरीन गापा सिन्धुली रहेको  बकैया गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बिष्णु नेगि (बिश्वास)ले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*