तेस्रो राष्ट्रिय माझी गोलकपमा आज तीन खेल

बकैया दर्पण संवाददाता
१८ कार्तिक २०८०, शनिबार २१:२५

मकवानपुर । तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगितामा आज तीन खेल भएको छ ।


प्रतियोगितामा ओखलढुंगा , सुनसरी र सिन्धुली-सीले विजयी सुरुवात गरेका हुन् । हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ स्थित बोटेनी खेलमैदानमा भएको पहिलो खेलमा ओखलढुंगा विजयी भएको छ । ओखलढुंगाले मकवानपुरलाई २ –१ गोलको अन्तरले हराएको हो ।

खेलमा ओखलढुंगाको लागि अन्जित माझी र कुमार माझीले १–१ गोल गरे ।यस्तै मकवानपुरको लागी अनिल माझीले सान्तोना गोल गरेका हुन। खेलमा उत्कृष्ट प्रर्दशन गर्दै ओखलढुंग कुमार माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

यस्तै आजै भएको दोस्रो खेलमा सुनसरी विजयी भएको छ । सुनसरीले धनकुटालाई ५ -० गोलको अन्तरले पराजित गरेको हो । खेलमा सुनसरीको रितेश माझीले ४ गोल गरेका हुन र प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका हुन भने आबिक्षेक एक गोल गरेका हुन् । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सुनसरीका रितेश माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

यस्तै आजै भएको तेस्रो खेलमा सिन्धुली-सी विजयी भएको छ । सिन्धुली-सीले उदापुरलाई १-० गोलको अन्तरले पराजित गरेको हो । सिन्धुली-सीको लागि राजकुमार माझीले र अनिल माझीले १ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै मकवानपुरका अनिल माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

प्रतियोगितामा २३ वटा टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ट्रफि सहित २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ र तेस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*