जाजरकोट अस्पतालमा बिरामीलाई ढाडस दिएर रुकुम पश्चिम लागे प्रधानमन्त्री

बकैया दर्पण संवाददाता
१८ कार्तिक २०८०, शनिबार १०:४२

मकवानपुर  । शनिबार बिहानैदेखि जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकन तथा उद्धारमा खटिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्को प्रभावित क्षेत्र रुकुम पश्चिमतिर लागेका छन् ।

जाजरकोटमा रहँदा उनले भूकम्पको क्षति र उद्धारबारे अनुगमन गर्नुको साथै अस्पताल पुगेर बिरामीहरूलाई ढाडस दिने काम गरेका थिए ।

लगत्तै उनी दोस्रो बढी प्रभावित जिल्ला रुकुम पश्चिम केन्द्रित भएका हुन् । प्रचण्ड आजै बिहान सेनाको हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीसहित भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*