बकैया ५ को तिनतले घुम्ती सडक सुधार गरि दुर्घटना न्यूनीकरण गरिने

बकैया दर्पण संवाददाता
१७ कार्तिक २०८०, शुक्रबार २२:४९

मकवानपुर । बकैया गाउँपालिका वडा नम्बर ५ मा रहेको अत्यधिक दुर्घटना हुने गरेको तिनतलेमा रहेको घुम्ती सडक मर्मत हुने भएको छ ।

आज बसेको बकैया गाउँपालिका, बागमती गाउपालिका, जिल्ला प्रहरी कार्यालय, सडक डिभिजन कार्यालय र जिल्ला ट्राफिक कार्यालयको संयुक्त अन्तरकृया कार्यक्रमले उक्त दुर्घटना ग्रस्त सडक क्षेत्रको निर्माण गर्ने सहमति भएको हो ।

सहमति अनुसार सडक डिभिजन कार्यालय र मदन भण्डारी लोक मार्ग निर्माण गर्ने कालिका कम्पनिले आवश्यक साधन उपलब्ध गराउने, बकैया गाउँपालिका र बागमती गाउँपालिकाले आवश्यक इन्धन उपलब्ध गराउने, जिल्ला ट्राफिक कार्यालयले आवश्यक जनचेतना मुलक सिग्नल तथा बोर्डहरू राख्ने र सडक डिभिजनले बाटोलाई चौडा बनाउने र स्पिड ब्रेक निर्माण गर्ने अन्तरकृया कार्यक्रममा सहमति भएको थियो ।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने,बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान,जिल्ला प्रहरी कार्यलय प्रमुख सुर्य प्रसाद सेढाई, बकैया गाउपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक १४ नं गण मकवानपुरक अनिल कार्की, प्रहरी निरक्षक फापरबारीका नारायण थापा, बकैया गाउँपालिका ४ नम्बर वडाकार्यलयका अध्यक्ष राजन दंगाल, जिल्ला ट्राफिक कार्यालय प्रमुख वसन्त आचार्य र बकैया गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत महेश श्रेष्ठ लगायतकाे उपस्थितिमा अन्तरक्रिया कार्याक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*