बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

बकैया दर्पण संवाददाता
१७ कार्तिक २०८०, शुक्रबार ०७:०२

१७ असोज, बकैया। मकवानपुरको बकैया गाउँपालिकामा शुभ दिपावली तथा छट पर्वको अवसरमा यहि मंसिर १ गते बाट गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

गाउँपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता मंसिर १ देखि २ गते सम्म संचालन हुने बकैया खेलकुद बिकास समितीका अध्यक्ष बिजय लामा (थिङ्ग)ले सो जानकारी दिनु भएको हो ।

प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटा वडालाई सहभागी हुनका लागि पत्राचार गरिएको छ ।
प्रतियोगितामा विजेतालाई – नगद रु. ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेता- नगद रु. २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन ।

दुई दिन सम्म संचालिन हेने उक्त प्रतियोगिता  बकैया- ३ हात्तिसुडेमा रहेको श्री बुद्ध माध्यमिक बिद्यालयको खेल मैदान हुने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*