सहिद स्मृति अन्तरपालिका खुल्ल नकआउट फुटबल प्रतियोगिता :पहिलोपटक बकैयामा

बकैया दर्पण संवाददाता
१६ कार्तिक २०८०, बिहीबार २२:११

मकवानपुर । मकवानपुर बकैया गाउँपालिका अखिल नेपाल खेलकुद महासंघ तथा शहिद स्मृति शान्ति वाटीकाको संयुक्त समन्वयमा सहिद स्मृति अन्तरपालिका खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

प्रथम अन्तरपालिका खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता बकैया-४ जुरेलिमा रहेको खेल मैदानमा यहि कार्तिक २१गते देखि हुने बकैया गाउँपालिका वडा नं ८ का अध्यक्ष बिष्णु नेगि (बिस्वास)ज्युले बकैया दर्पणलाई जनाकारी दिनु भएको हो ।

उक्त फुटबल प्रतियोगिता आगामी कार्तिक २१ गते देखि २५गते सम्म सन्चालन हुनेछ ।

खेलमा प्रथम हुने टिमले रु. १,००,०००।- एक लाख ट्रफि, मेडल प्रमाण पत्र ,द्वितिय पुरस्कार रु. ५०,०००।- पचास हजार ट्रफि, मेडल र प्रमाण पत्र सर्वोत्कृष्ट खेलाडी रु. १०,०००।- दश हजार ट्रफि र मेडल विधागत उत्कृष्ट खेलाडी रु ५,०००।-पाँच हजार ट्रफि र मेडल र म्यान अफ द म्याच रु. २,०००।-दुइ हजार ट्रफि र मेडल पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*