तेस्रो राष्ट्रिय गोलकप जारी : बारा र सिन्धुली-सि बिजय

बकैया दर्पण संवाददाता
१६ कार्तिक २०८०, बिहीबार १९:५४

सिन्धुली । तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगितामा आज भएको दुई खेलमा सिन्धुली- सि र बारा बिजय भएको छ ।  मरिण गाउँपालिका वडा न ७ स्थित बाह्रविसेको खेल मैदान भएको पहिलो खेलमा बारा विजयी भएको छ । बाराले झापालाई १ –० गोलको अन्तरले हराएको हो ।

खेलमा बाराको लागि रबिन माझीले १ गोल गरे । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै बारा रबिन माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

यस्तै आजै भएको दोस्रो खेलमा सिन्धुली-सि विजयी भएको छ । सिन्धुली-सि र बिच भएको खेल ०–० को बराबरीमा सकिएपछि खेल ट्राईबे्रकरमा पुगेको हो । पेनाल्टि सुटआउटमा ५-४ अन्ताराले सिन्धुली-सि विजयी भएको हो । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै सिन्धुली-सि इन्द्रजङ माझीलाई म्यानअफ द म्याच घोषित भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*