तेस्रो राष्ट्रिय माझी गोल्डकप प्रतियोगिता जारी : लमजुङ, सिन्धुपाल्चोक र महोत्तरी विजयी

बकैया दर्पण संवाददाता
१५ कार्तिक २०८०, बुधबार १२:१८

सिन्धुली ।सिन्धुलीमा जारी तेस्रो राष्ट्रिय माझी गोल्डकप प्रतियोगितामा मंगलबारका खेलहरु सम्पन्न भएका छन् । नेपाल माझी उत्थान संघ सिन्धुलीको आयोजनामा सुरु भएको प्रतियोगितामा  मंगलबार तीनवटा खेलहरु सम्पन्न भएका छन् ।
नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीका अनुसार प्रतियोगिता अन्र्तगत मंगलबार विहान भएको खेलमा नेपाल माझि उत्थान सँघ लम्जुङले नेपाल माझि उत्थान सँघ पर्वतलाई २–० गोलले पराजित गरेको छ । खेलको अन्तिम समय सम्म पनि गोल गर्न नसकेपछि  नेपाल माझि उत्थान सँघ पर्वत प्रतियोगिताबाटै बाहिरिएको छ ।
मंगलबार दिउँसो भएको दोस्रो खेलमा नेपाल माझी उत्थान संघ रौतहट र नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोक विच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नेपाल माझी उत्थान संघ सिन्धुपालचोक एक गोल अन्तरले विजयी भएको छ । रौतहटलाई दुई गोल गदै नेपाल माझी उत्थान संघ सिन्धुपालचोकले जित सुनिश्चित गरेको हो ।
यस्तै मंगलबार दिउँसो भएको तेस्रो खेलमा नेपाल माझी उत्थान संघ महोत्तरी र नेपाल माझी उत्थान संघ धनुषा विच प्रतिस्पर्धा भएको छ । प्रतियोगिताबाट नेपाल माझी उत्थान संघ धनुषा विना गोल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल माझी उत्थान संघ महोत्तरीले नेपाल माझी उत्थान संघ धनुषालाई ३ गोल गर्दै जीत सुनिश्चित गरेको हो ।
प्रतियोगिताबाट मंगलबार सम्म नेपाल माझी उत्थान संघ मोरङ, नेपाल माझि उत्थान सँघ पर्वत, नेपाल माझी उत्थान संघ रौतहट र नेपाल माझी उत्थान संघ धनुषा प्रतियोगिताबाट बाहिरिएका छन् ।
मंगलबार भएको प्रतियोगितामा नेपाल माझी उत्थान संघका लमजुङका जर्सि नं. ११ का सुजन माझी, नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकका जर्सि नंं १० का खेलाडी अमित माझी र नेपाल माझी उत्थान संघ महोत्तरीका जर्सि नं. १४ का खेलाडी शंकर माझी म्यान अफ द म्यच घोषणा भए । तीनै जनालाई ट्रफि र ए हजार पाँच सय रुपैंया नेपाल माझी उत्थान संघका केन्द्रि अध्यक्ष चिनिमाया माझी, निवर्तमान अध्यक्ष गोबिन्दलाल माझी, माझि चलचित्र संघका अध्यक्ष चिजिका माझी, माझी विद्यार्थाी संघका अध्यक्ष धनहादुर माझी, मरिण गाउँपालिका उपाध्यक्ष विमला माझी र नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्र लाल माझिले प्रदान गरे ।
बुधबार हुने प्रतियोगितामा विहान ८ बजे नेपाल माझी उत्थान संघ ओखलढुंगा र नेपाल माझी उत्थान संघ नुवाकोट विच प्रतिस्पर्धा हुने छ । दिउँसो १ः३० बजे हुने खेलमा नेपाल माझी उत्थान संघ मकवानपुर र नेपाल माझी उत्थान संघ स्याङजा विच प्रतिस्पर्धा हुने छ भने दिउँसो ३ः३० बजे हुने प्रतियोगितामा नेपाल माझी उत्थान संघ सिन्धुली वि र नेपाल माझी उत्थान संघ रामेछाप विच प्रतिस्पर्धा हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*