बकैयामा मिनि ट्रक दुर्घटना :दुईजनाको अवस्था गम्भीर

बकैया दर्पण संवाददाता
१४ कार्तिक २०८०, मंगलवार १८:२१

मकवानपुर ।मकवानपुरको बकैया गाउँपालिकामा मालबाहक मिनि  ट्रक दुर्घटना हुँदा चालक सहित ३जना घाइते भएका छन्। घटनामा परी सहचलक र ट्रकमा सवार २जाना गम्भीर घाइते भएको अस्थाई प्रहरी पोस्ट गरगरेले बताउनु भएको हो।

मङलवार अपराह्न हेटौँडाबाट बकैया गाउँपालिका हुँदै सिन्धुली जाँदै गरेको बा.प्र.०३-००१ क ०७९२ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो।

मदन भण्डारी राजमार्ग (धरान–चतारा सडकखण्ड)अन्तर्गत पर्ने बकैया गाउँपालिकाको वडा नम्बर ५ तीनतलेमा मिनि ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये सह-चालक र ट्रकमा सवार दुइजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई भारतपुर अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा बकैया गाउपालिका वडा नम्बर ४ बस्ने बर्ष २५को युबराज सापकोटा,गढी गाउपालिकाका दिनेश लामा र साधारण घाईते भएका चालक हे.उ. म. न. प. ३ लेवट बस्ने बर्ष ३२ को हर्क बहादुर भोलन रहेको छ।

बकैया गाउपालिकाको फास्ट ट्र्याकम दिनानु दिन यसरी दुर्घटना भैइ रहेक र यस बिषयमा सडक डिभिजज र स्थानिय सरकारले ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*