तेस्रो माझी राष्ट्रिय गोल्डकप आजदेखि

बकैया दर्पण संवाददाता
१३ कार्तिक २०८०, सोमबार ०८:२२

सिन्धुली, १३ कात्तिक । तेस्रो माझी राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आज सामबारदेखि सिन्धुलीमा सुरु हुँदैछ ।

सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ७ बाह्रबिसेको खेल मैदानमा हुने खेलको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले गर्ने कार्यक्रम रहेको छ ।

आज हुने उद्घाटन खेलमा नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुली र नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

आजदेखि आगामी कार्तिक २१ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका २३ टिमको सहभागिता रहेको छ ।

खेलमा प्रथम हुने टिमले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो हुनेले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ र तेस्रो हुनेले ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*