रहेनन बकैयाकै पहिलो सितोरियो कराँते प्रशिक्षक :नेत्रबहादुर राई

बकैया दर्पण संवाददाता
९ कार्तिक २०८०, बिहीबार २०:११

बकैया । सितोरियो करातेका प्रशिक्षक नेपाल कराते महासंघ तथा सितोरियो कराँते संघ मकवानपुरका सदस्य नेत्रबहादुर राईको निधन भएको छ । मकवानपुरको बकैया ४ छतिवन निवासी ५१ वर्षका राईले विष सेवन गरेपछि उपचारको लागि भरतपुर लगिएकोमा उनको मृत्यु भएको  छ ।

कराँते खेलमा लामो समयबाट लागिपरेका राईको एक श्रीमती र दुई छोराहरु रहेका छन् । कराँते प्रशिक्षक राईको आत्महत्याको विषयले पूर्वि मकवानपुरको खेल क्षेत्रका ब्यक्तित्वहरुले आफुहरु स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।

बकैया गाउँपालिकाकै पहिलो कराते प्रशिक्षक रुपमा रहेको नेत्रबहादुर राईको असामयिक निधानले सम्पुर्ण बकैयाका खेल सितोरियो कराँते जगतमै ठूलो धक्क पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*