बकैयामा बस दुर्घटना: २१ जना घाईते ५जनाको अवस्था गम्भीर

बकैया दर्पण संवाददाता
३ कार्तिक २०८०, शुक्रबार १९:३७


बकैया ।मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबार यात्रुबस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घटनामा परी पाँच जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार अपराह्न हेटौँडाबाट बागमती गाउँपालिकाको जुइनातर्फ जाँदै गरेको ना.४ ख ३९८८ नम्बरको यात्रुबस दुर्घटना भएको हो।

मदन भण्डारी राजमार्ग (धरान–चतारा सडकखण्ड)अन्तर्गत पर्ने बकैया गाउँपालिकाको वडा नम्बर ५ तीनतलेमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*