दशैँमा काठमाडौंबाट गाउँ जानेहरु बढ्दै

बकैया दर्पण संवाददाता
३ कार्तिक २०८०, शुक्रबार १३:३१

मकवानपुर । विजया दशमीका लागि काठमाडौंबाट गाउँ घर फर्किनेहरुको भीड बढेको छ ।

काठमाडौंको कोटेश्वर, कलंकी, बालाजु, नयाँ बसपार्क लगायतका क्षेत्रबाट गाउँ फर्किनेहरुको भीड बढेको हो ।

नयाँ बसपार्कदेखि कोटेश्वर र कलंकीदेखि नागढुंगासम्म घर फर्किनेहरु उल्लेख्य मात्रा देखिएका छन् । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् ।

घटस्थापनापछि झन्डै चार लाख यात्रुले उपत्यका छाडेका छन् । यो संख्या दशमीको दिनसम्म अझै बढ्दै जानेछ । हरेक वर्ष दशैँ, तिहार, तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट घर जानेको संख्या उल्लेख्य हुने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*