एथलेटिक्स बिधाको दौड प्रतियोगिताको उपाधी बकैया ७ का लोक बहादुर बस्नेतलाई

बकैया दर्पण संवाददाता
३ कार्तिक २०८०, शुक्रबार १३:४१

मकवानपुर । बकैया एथलेटिक्स संघको आयोजना र बकैया खेलकुद समितिको समन्वयमा प्रथम बकैया एथलेटिक्स बिधाको दौड प्रतियोगिता आज सम्पन्न भएको छ ।

उक्त दौड प्रतियोगिता ५ किलोमिटरको रहेको थियो भने ३८ जाना प्रतियोगीहरुको सहभागीमा दौड प्रतिस्पर्धा भएको थियो।बकैया गाउँपालिकामै पहिलो पटक यस खेलको प्रतियोगिता गरेको हो ।

उक्त कार्यक्रममा बकैया एथलेटिक्स संघको अध्यक्ष राजकुमार तिमल्सिनाको सभाध्याक्ष कार्यक्रम भएको थियो ।कार्यक्रममा प्रमुख अतिथीमा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने बिशेश अतिथिमा बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री रहेको थियो।

अतिहरुमा वडा नम्बर ३को अध्यक्ष भुमल सिङ घलान वडा नम्बर ४ का अध्यक्ष राजन दंगाल, वडा नम्बर ७ का अध्यक्ष मान बहादुर सिङतान, वडा नम्बर ८ विष्णु नेगी, खेलकुद बिकास समितिको अध्यक्ष बिजय लामा(थिङ) का साथै विभिन्न राजनितिक दलको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो उक्त खेलमा ३८ जाना सहाभागी मध्धे चौथो स्थानमा सान्त्वनामा राकुमार गोले १९ मिनेट ११ सेकेन्डमा ५ कि मि पार गरेका थिए । तेस्रो स्थानमा सुमन योन्जन ले १९मिनेट ८ सेकेन्ड मा पार गरेका थिए भने दोस्रो स्थानमा १९ मिनेट ४ सेकेन्डमा पार गरेका थिए ।  प्रथम स्थानमा १८ मिनेट ५२ सेकेन्डमा ५ कि मि पार गरेर वडा नम्बर ७ अधेरीका लोक बहादुर बस्नेतले प्रथम स्थानको उपाधि हात पारेका हुन।

प्रथम हुने सहभागीलाई पाँच हजार नगद र मेडल, दोस्रो हुनेलाई ४ ह्जार नगद र मेडल तेस्रो हुनेलाई २ हजार नगद र मेडाल र सान्त्वना हुनेलाई १ हजार नगद सहिद मेडल प्रदान गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*