चीनमा रहेका गृृहमन्त्री श्रेष्ठलाई हृदयघात

बकैया दर्पण संवाददाता
२ कार्तिक २०८०, बिहीबार १२:२०

मकवानपुर। चीन भ्रमणमा रहनु भएका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।

बुधवार राती छाति दुखेर पेकिङ युनिभर्सिटी हस्पिटल लगिएकोमा उहाँलाई सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । हिजो राती नै श्रेष्ठको मुटुको एन्जियो प्लास्टी गरिएको बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभएको छ । चिकित्सकले अझै दुई तीन दिन अस्पतालको निगरानीमै राख्नुपर्ने बताएको पनि राजदूत श्रेष्ठले बताउनु भएको छ ।

उहाँको अवस्था अहिले स्थीर रहे पनि आइसीयुमै राखिएको बुझिएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ को तेस्रो सम्मेलनमा सहभागी हुन श्रेष्ठ गत असोज २९ गते चीन जानुभएको हो । मंगलवार र बुधवार उहाँ हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगति छलफलमा सहभागी हुनु भएको थियो । उहाँको स्वास्थ्य अवस्थाको बारेमा विस्तृत विवरण आएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*