तेश्रो बेंगाडावर गाेल्ड कप: चिदियादह स्टार क्लव र बेंगाडावर युवा क्लव भिड्दै

बकैया दर्पण संवाददाता
२ कार्तिक २०८०, बिहीबार ०९:५७

धनुषा । धनुषामा जारी तेश्रो बेंगाडावर गोल्डकप फुटबल प्रतियोगितामा आज बेंगाडावर युवा क्लवले चिदियादह स्टार क्लवको सामना गर्ने छ ।

आज हुने सेमिफाइनलको पहिलो खेलमा बेंगाडावर युवा क्लवले र चिदियादह स्टार क्लवको आमने सामने हुने भएका हुन् । खेल मिथिला नगरपालिका वडा नम्बर ९ स्थित सत्संग चौर खेल मैदानमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

यसैगरि भोलि हुने दोस्रो सेमिफाइनलका खेलमा बेंङ्गखाडी युबा क्लबले जनसेवी युवा
क्लबको सामना गर्ने छ ।

प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले उपाधिसँगै १ लाख रुपैयाँ नगद र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*