मदन पुरस्कार ओझा र जगदम्बा श्री पुरस्कार मुखियालाई अर्पण

बकैया दर्पण संवाददाता
३० आश्विन २०८०, मंगलवार १०:४७

मकवानपुर । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र टेकवीर मुखियालाई पुरस्कार अर्पण गरिएको छ ।

ललितपुरमा एक कार्यक्रमकाबीच सोमबार २०७९ सालको मदन पुरस्कारबाट पुरस्कृत भएका ओझा र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका मुखियालाई पुरस्कार अर्पण गरिएको हो ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले ऐँठनका लेखक विवेक ओझा र मुखियालाई जगदम्बा श्री पुरस्कार अर्पण गर्नुभएको हो ।

मदन पुरस्कार र जगदम्बा श्री दुवै पुरस्कारको राशि चाररचार लाख रुपैयाँ रहेको छ । यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कार ऐँठनलाई र जगदम्बा श्री पुरस्कार मुखियालाई प्रदान गर्ने निर्णय गरेको थियो । ऐँठन कृति माओवादी आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तुमाथी केन्द्रित छ । उहाँले उर्जाशिल उमेर लेखन क्षेत्रमा बिताएको स्मरण गर्नुभयो । उहाँले आफूले पुरस्कार पाएपछि परिवारमा हर्षको आँशु आएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*