प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्र बझाङको निरक्षणमा जाँदै

बकैया दर्पण संवाददाता
१९ आश्विन २०८०, शुक्रबार ११:०७

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बझाङमा भूकम्पले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण गर्न जानु हुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डसहित १८ जनाको टोली बझाङ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख लगायत छन् । हिजो प्रधानमन्त्री प्रचण्डले बझाङका भूकम्पबाट पीडितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।

भूकम्पका कारण बझाङमा १८ जना, अछाममा पाँच जना, बाजुरामा दुई र बैतडीमा दुई जना घाइते भएको सुदूरपश्चिम प्रदेश विपद् कार्य सञ्चालन केन्द्रले जनाएको छ । सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४ सय १० वटा भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । प्रदेशभरि निजी घर ७६ र एउटा सरकारी कार्यालयमा पूर्ण रूपले क्षति पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*