प्रतिनिधि सभा बैठक आज बस्दै

बकैया दर्पण संवाददाता
२१ भाद्र २०८०, बिहीबार ११:०९

मकवानपुर । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ ।

बिहीबारको बैठकमा चार वटा मन्त्रालयसँग सम्बन्धि जिज्ञासाको विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसूचि रहेको छ ।

कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका गतिविधिबारे सांसदहरुका मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन बैैठकमा पेश गर्ने कार्यसूची पनि छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*