एसिया कप खेलेर फर्केका क्रिकेट टिमको भव्य स्वागत

बकैया दर्पण संवाददाता
२० भाद्र २०८०, बुधबार १४:०७

मकवानपुर । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केका राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ ।

श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो ।

नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।

तर पनि समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*