भलिबल खेलाडीले मासिक तलब पाउने

बकैया दर्पण संवाददाता
२० भाद्र २०८०, बुधबार १२:३८

मकवानपुर । नेपाल भलिबल संघले नेपाली पुरुष तथा महिला भलिबल खेलाडीलाई मासिक तलब दिने घोषणा गरेको छ ।

वर्तमान राष्ट्रिय टोलीमा भएका समान १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले तलब पाएका छन् ।

संघले आज एक कार्यक्रम गर्दै तलब दिने घोषणा गरेको हो ।

खेलाडीलाई आर्थिक रुपमा सहयोग पुर्याउने उद्देश्यले तलब दिन सुरु गरेको संघले बताएको छ ।

यसअघि भलिबल खेलाडीलाई मासिक तलबदिने व्यवस्था थिएन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*