बालेनदेखि रविसम्म नेपाल र भारतबीचको खेल हेर्न श्रीलंकामा

बकैया दर्पण संवाददाता
१८ भाद्र २०८०, सोमबार १३:१५

मकवानपुर । नेपाल र भारतबीचको एशिया कप खेलमा नेपालाई हौसला प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङ श्रीलंका पुग्नु भएको छ ।

सदस्य–सचिव घिसिङसँगै राखेपका सदस्य एवं पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान एल।बी क्षेत्री पनि श्रीलंका पुग्नुभएको छ ।

पहिलो पटक एसिया कपमा छनोट भएका नेपाली खेलाडीको हौसलाकै लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि श्रीलंका पुग्नुभएको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगाएतका बिभिन्न व्यक्तिहरु पनि श्रीलंका पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*