कांग्रेसको प्रदेश सभापतिको भेला स्थगित

बकैया दर्पण संवाददाता
१२ भाद्र २०८०, मंगलवार १५:००

मकवानपुर । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ ।

कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्नेगरी भेला आयोजना गरिएको थियो । भेला हालका लागि स्थगित भएको र आगामी कार्यक्रम अर्को सूचना प्रकाशन गरी जानकारी गराइने नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले जनाएको छ ।

गण्डकी प्रदेश समितिको व्यवस्थापनमा गर्न लागिएको भेलाको पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम तय गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*