११ सांसदको प्रश्न र प्रधानमन्त्री प्रचण्डको जवाफ (पूर्णपाठ)

बकैया दर्पण संवाददाता
१२ भाद्र २०८०, मंगलवार १३:५७

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिनुभएको छ । आज मङ्गलवार ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा ११ जना सांसदले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिनुभएको हो ।

बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवामा नागरिकको सहज पहुँच विस्तार गर्ने, विकास निर्माण प्रक्रियालाई गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको र सोही दिशामा क्रियाशील रहेको स्पष्ट पार्नुभयो । सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको उहाँको भनाइ छ ।

प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सकारात्मक सुधारका लागि सरकारले आवश्यक पहलकदमी लिएको र त्यसको सकारात्मक प्रभाव देखापरेको जानकारी दिनुभयो । केन्द्रीय बैंकले सोमवार मात्रै चालु पुँजी कर्जा मार्गदर्शनमा संशोधन गरी उद्योग व्यवसाय क्षेत्रका सकारात्मक प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले निकट भविष्यमा हुन लागेको चीन भ्रमणका क्रममा दुई देशका बीचका सहकार्यलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई थप सहज बनाउने र नयाँ नाका खोल्ने लगायतका विषयमा महत्त्वपूर्ण छलफल हुने र निष्कर्षमा पुर्‍याउने बताउनुभयो ।

संघीय-संसद्.-pm

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*