कांग्रेसले टुंगो लगायो संसदीय समिति सभापतिका उम्मेदवार

बकैया दर्पण संवाददाता
१० भाद्र २०८०, आईतवार १२:४७

मकवानपुर । नेपाली कांग्रेसले संसदीय समितिमा सभापतिका लागी उम्मेदवारको टुंगो लगाएको छ ।

कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंगो लगाएको हो ।

कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरे पनि सो समूहबाट जीवन परियार मात्रै परेका छन् ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आइतबार संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*