आज पनि एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक 

बकैया दर्पण संवाददाता
६ भाद्र २०८०, बुधबार १०:१४

मकवानपुर । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय समिति बैठक बुधबार पनि बस्दैछ ।

मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरु भएको केन्द्रिय कमिटी बैठकमा मंगलाबार पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रश्तुत गर्नुभएका विभिन्न प्रतिवेदनमा छलफल जारी रहेको छ ।

मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल चलिरहेको छ ।

पार्टी अध्यक्ष नेपालले प्रश्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*