चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सीआईबीको सिफारिस, भट्टराई र नेपाल साक्षी मात्र

बकैया दर्पण संवाददाता
५ भाद्र २०८०, मंगलवार १४:१४

मकवानपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।

५७ दिन लगाएर तयार गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह र डम्बरबहादुर श्रेष्ठलाई प्रतिवादी बनाउन सिफारिस गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं स्रोतले बतायो ।

प्रहरीको रायसहितको प्रतिवेदनलाई अन्तिम रूप दिएर अभियोजन गर्ने अधिकार सरकारी वकिल कार्यालयलाई हुन्छ ।

श्रेष्ठबाहेक जोशी, गच्छदार र साहले सोमबार सीआईबीसमक्ष बयान दिएका थिए ।

पूर्वप्रधानमन्त्रीद्वय डा। बाबुराम भट्टराई र माधवकुमार नेपाललाई भने साक्षीका रूपमा मात्र कागजी बयान गरिएको जनाइएको छ ।

सीआईबीले रायसहितको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*